प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत प्रस्थान « प्रशासन
Logo १३ जेष्ठ २०७९, शुक्रबार
   

प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत प्रस्थान


१२ कार्तिक २०७८, शुक्रबार


काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–२६) मा भाग लिन प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री देउवा आज (शुक्रबार) बिहान कतार एयरवेजको जहाजबाट बेलायत प्रस्थान गरेका हुन् । पाँचौँ पटक प्रधानमन्त्री भएपछि प्रधानमन्त्री देउवाको यो पहिलो विदेश भ्रमण हो ।

जलवायु परिवर्तनसम्बन्धी सम्मेलन बेलायतको सहर ग्लासगोमा यही कात्तिक १२ गतेदेखि २६ गतेसम्म चल्ने छ । प्रधानमन्त्री देउवाले त्यहाँ वर्ल्ड लिडर समिटलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्रीको टोलीमा वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवसहित २० सदस्य छन् । प्रधानमन्त्री देउवासहितको टोली १८ गते स्वदेश फर्किने छ ।

प्रधानमन्त्रीको अनुपस्थितिमा दैनिक प्रशासनिक कामकाज गृहमन्त्री बालकृष्ण खाँणले सम्हाल्नेछन् ।

सम्बन्धित समाचार : गृहमन्त्री खाँण कार्यवाहक प्रधानमन्त्री

Tags :
प्रतिक्रिया दिनुहोस