एमालेको महाधिवेशनका लागि प्रतिनिधिको मापदण्ड तय « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

एमालेको महाधिवेशनका लागि प्रतिनिधिको मापदण्ड तय


१२ कार्तिक २०७८, शुक्रबार


काठमाडौँ । नेकपा (एमाले) ले पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनमा भाग लिने प्रतिनिधिको मापदण्ड तय गरेको छ ।

हिजो (बिहीबार) भएको सो पार्टीको स्थायी कमिटीको बैठकले मापदण्डका आधारमा देशभरका सात लाख २१ हजार पार्टी सदस्यबाट एक हजार ५३६ प्रतिनिधि छान्ने भएको तय गरेको हो ।

एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले ३३ प्रतिशत महिलासहित समावेशीताका आधारमा सङ्घीय निर्वाचन क्षेत्रबाट प्रतिनिर्वाचन क्षेत्रमा एक हजार ५०० पार्टी सङ्गठित सदस्य बराबर दुई खुला र एक महिला चयन हुनेछन् ।

निर्वाचन क्षेत्रमा एक हजार ५०० प्रतिनिधिभन्दा एक हजार सदस्य बढी भएपछि थप एक जना प्रतिनिधि थपिने र तीन हजार बढी सदस्य भए दुई महिलासहित छ जना प्रतिनिधि चयन हुनेछन् ।

महाधिवेशनमा केन्द्रीय कमिटी, केन्द्रीय आयोग र सल्लाहकार परिषद्बाट २६२ जना पदेन प्रतिनिधि हुनेछन् । यस्तै भूगोलबाट एक हजार १९६ र प्रवास क्षेत्रबाट २० र पार्टी निकट प्रत्येक जनसङ्गठनबाट पाँच जना प्रतिनिधि चयन हुनेछन् ।

बैठकमा स्थानीय तहका पार्टी कमिटीको अधिवेशनको समीक्षा पनि कार्यसूची राखिएको पार्टीका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

स्थायी कमिटीले तय गरेको मापदण्डलाई पार्टीको आज (शुक्रबार) बस्ने केन्द्रीय कमिटीले अनुमोदन गर्नेछ । एमालेको महाधिवेशन आगामी मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदै छ ।

Tags :
प्रतिक्रिया दिनुहोस