महोत्तरीबाट नक्कली नोटसहित एक जना व्यापारी पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

महोत्तरीबाट नक्कली नोटसहित एक जना व्यापारी पक्राउ


११ कार्तिक २०७८, बिहिबार


महोत्तरी । महोत्तरी प्रहरीले नक्कली नोटसहित एक जना तरकारी व्यापारीलाई पक्राउ गरेको छ ।

प्रहरीले गौशाला नगरपालिका-९ डुवरबन्नाका ४४ वर्षीय सुकन महतोलाई नक्कली नोटसहित नियन्त्रणमा लिएको हो ।

आज (बिहीबार) बिहान गौशाला बजारमा तरकारी खरिद गर्ने क्रममा किसानलाई नक्कली नोट दिएपछि सो घटना बाहिर आएको हो ।

सोही क्रममा प्रहरीले उनीमाथि अनुसन्धान सुरु गरिएको थियो ।

अनुसन्धानको क्रममा प्रहरीले गौशालास्थित उनको डेराबाट नेपाली ८ लाख ९७ हजार ४ सय ३५ रुपैयाँ र भारतीय २ लाख ८० हजार ९ सय २९ रुपैयाँ बरामद गरेको हो ।

बरामद भएको नेपाली र भारतीय रुपैयाँ नक्कली रहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

बरामद भएको नोट र पक्राउ परेको महतोमाथि थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक विष्णुप्रदीप बस्यालले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस