प्रधानन्यायाधीशलाई महाअभियोग लगाउन गठबन्धनमा छलफल भएको छैन : अध्यक्ष नेपाल « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रधानन्यायाधीशलाई महाअभियोग लगाउन गठबन्धनमा छलफल भएको छैन : अध्यक्ष नेपाल


११ कार्तिक २०७८, बिहिबार


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई महाअभियोग लगाउनेबारे सत्तारूढ गठबन्धनभित्र छलफल नभएको बताएका छन् ।

धनगढीमा आज (बिहीबार) पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अदालतमा हस्तक्षेप गरेकोले अहिलेको अवस्था आएको पनि दाबी गरेका छन् ।

प्रधानन्यायाधीश राणाले सरकारमा भाग खोजेकोबारे विवाद भइरहेको छ भने उनको राजीनामा माग भइरहेका छन् ।

एमाले अध्यक्ष ओलीले परमादेश दिने न्यायाधीशहरूले राजीनामा दिनुपर्ने भनेर गैर जिम्मेवार कुरा गरेको पनि अध्यक्ष नेपालको भनाइ थियो ।

एमाले अध्यक्ष ओलीले कात्तिक ९ मा पार्टीको पालिका अधिवेशन उद्घाटन गर्दै परमादेश दिने सबै न्यायाधीशहरूले राजीनामा दिनुपर्ने बताएका थिए ।

त्यसतर्फ लक्षित गर्दै अध्यक्ष नेपालले भने, ‘एमाले अध्यक्ष ओलीले न्यायालयमा हस्तक्षेप गरेका कारण अहिलेको अवस्था सिर्जना भएको हो ।’

Tags :
प्रतिक्रिया दिनुहोस