बझाङमा पहिरोमा परी बेपत्ता भएकाको खोजी स्थगित « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बझाङमा पहिरोमा परी बेपत्ता भएकाको खोजी स्थगित


११ कार्तिक २०७८, बिहिबार


बझाङ । पहिरोमा परेर बेपत्ता १९ जनाको अवस्था पत्ता नलाग्दै खोजी कार्य बन्द गरिएको छ ।

कात्तिक १ मा बझाङको थलारा–४ डिक्लाका आएको पहिरोमा परेर बेपत्तामध्ये चार जनाको शव फेला परेको थियो ।

आठ दिनसम्म खोजी गरेको उद्धार टोलीले फेला पारेका चार शवमध्ये दुई वटाको कम्मरभन्दा तलको भाग मात्रै भेटिएको थियो ।

१९ जना अझै बेपत्ता रहेको अवस्थामा पीडित परिवारलाई खबर नै नगरी टोली बुधबार टोली फर्किएको हो ।

‘खाना खाएर खोजीका लागि आउनुहुन्छ होला भन्ने ठानेर पर्खेका थियौँ । दिउँसोतिर त उद्धार टोली नै फर्कियो भन्ने खबर आयो,’ परिवारका १८ जना सदस्य गुमाएका कलक सार्कीले भने, ‘हामीलाई केही पनि भन्नुभएको छैन । सद्गत गरौँ भने शव फेला परेको छैन । मान्छे जिउँदै होलान् भन्ने आसा पनि छैन । के गर्ने कसो गर्ने केही सोच्नै सकेका छैनौँ ।’ परिवारका सदस्यको शव भेटे अन्तिम संस्कार गर्न सजिलो हुने उनले बताए ।

पहिरो गएको दोस्रो दिन मात्रै हेलिकप्टरमार्फत घटनास्थलमा पुगेको टोलीले खोजी कार्य थालेको थियो ।

पर्याप्त जनशक्ति, उपकरण र प्रविधिको अभावमा खोजी कार्य सफल हुन नसकेको हो । सेना, सशस्त्र र नेपाल प्रहरी सम्मिलित टोली उद्धार कार्यमा संलग्न रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस