प्रतिनिधि सभा बैठक बस्दै « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रतिनिधि सभा बैठक बस्दै


११ कार्तिक २०७८, बिहिबार


काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज (बिहीबार) दिउँसो २ बजे बस्दै छ ।

यसअघि कात्तिक ९ गतेका लागि बैठक राखिए पनि प्रमुख प्रतिपक्षी नेकपा एमालेले कात्तिक ९ मा पालिका अधिवेशन गर्ने भएपछि प्रतिनिधि सभा बैठक त्यस दिन नगरेर बिहीबारका लागि सारिएको हो ।

आज (बिहीबार) को बैठकमा राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवाले पेस गर्ने सम्भावित कार्यसूची छ ।

लगातार सदनमा अवरोध गर्दै आएको एमालेले आजको बैठक चल्न दिन्छ कि दिँदैन भन्ने निश्चित छैन ।

आफूले कारबाही गरेको माधव नेपालसहितका सांसदहरुलाई सभामुखले कारबाही नगरेको भन्दै एमाले सदनभित्र आन्दोलित छ ।

Tags :
प्रतिक्रिया दिनुहोस