८० दिनदेखि आन्दोलनमा स्वावलम्बन लघुबित्त वित्तिय संस्थाका कर्मचारीहरु « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

८० दिनदेखि आन्दोलनमा स्वावलम्बन लघुबित्त वित्तिय संस्थाका कर्मचारीहरु


१० कार्तिक २०७८, बुधबार


काठमाडौँ । सेवा सुविधाको माग गर्दै स्वावलम्बन लघुबित्त वित्तिय संस्थाका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् ।

स्वावलम्बन लघुबित्त संस्था व्‍यवस्थापनले विगतमा गरेको सम्झौता कार्यान्वयन नगरेको भन्‍दै स्वावलम्बन बैंक कर्मचारी संगठन आन्दोलनमा उत्रिएको हो ।

संगठनले श्रम सम्बन्धी कानुनले दिएको अधिकार प्रयोग गर्न बन्‍देज लगाउन नहुने, ट्रेड युनियन सञ्‍चालन र त्यसको प्रशासनिक कार्यमा हस्तक्षेप गर्न नपाइने, विगतमा भएका सहमति कार्यान्वयन गर्नुपर्ने, सरकारले तोकेको न्‍यूनतम पारिश्रमिक दिनुपर्ने लगायतका माग राख्दै विगत ८० दिनदेखि कमल पोखरीस्थित बैंकको केन्द्रीय कार्यालयमा धर्ना दिँदै आएको छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस