बागमती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेद्वारा दावी पेश « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

बागमती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेद्वारा दावी पेश


१० कार्तिक २०७८, बुधबार


काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेले दावी पेश गरेका छन् । नेकपा (एकीकृत समाजवादी) पार्टीको संसदीय दलका नेता पाण्डेले ५९ सांसदको समर्थनसहित मुख्यमन्त्री पदमा दावी पेश गरेका हुन् ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशको मुख्यमन्त्री पदमा नियुक्तिको प्रयोजनका लागि दाबी पेश गर्न आह्वान गरेसँगै बुधबार नै पाण्डेले काँग्रेस, नेकपा माओवादी केन्द्र र जसपासहितका सांसदको समर्थनमा दावी पेश गरेका हुन् ।

शर्माले बिहीबार अपरान्ह ३ बजेभित्र आफ्नो दाबी पेस गर्न आह्वान गरेका थिए । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम बुधबार प्रदेश प्रमुख समक्ष लिखित राजीनामा बुझाएकी थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस