न्यायालयको विषयमा गठबन्धनमा छलफल गर्छौं : देउवा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

न्यायालयको विषयमा गठबन्धनमा छलफल गर्छौं : देउवा


१० कार्तिक २०७८, बुधबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले न्यायालयका विषयमा उठेका सवालहरूबारे गठबन्धनमा छलफल गर्ने बताएका छन्।

नेपाल तरूण दलको ६८ औँ स्थापना दिवसका अवसरमा बुधबार देउवाले अदालतका समस्या अदालतलेनै समाधान गर्नुपर्ने धारणा राखे । उनले भने, ‘हाम्रो गठबन्धन पाँच पार्टीको न्यायालय सम्बन्धमा सरसल्लाह, छलफल गर्नेछौं।’

मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीले परमादेश गर्ने सबै न्यायाधीशलाई राजीनामा गर्नुपर्ने भनी दिएको अभिव्यक्तिमाथि पनि देउवाले आलोचना गरे। ‘परमादेश ल्याउने सबैलाई हटाउनु पर्दछ भन्ने गैरजिम्मेवार कुरा गर्नु उचित हुँदैन। यसमा धेरै कुरा छैन।’ देउवाले भने, ‘मैले तपाईहरुलाई भनेको छु। अदालतले जे गर्छ, त्यो अदालतको कुरा हो।’

गजेन्द्र हमालका बारेमा बोल्दै देउवाले भने, ‘हमाल हाम्रो पार्टीको मान्छे हो। बिचरा, बस्न नसक्ने भएपछि राजीनामा दिए।’

Tags :
प्रतिक्रिया दिनुहोस