प्रधानन्यायाधीश र न्यायाधीशलाई जिम्मेवार बन्न ट्रेड युनियनको आग्रह « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

प्रधानन्यायाधीश र न्यायाधीशलाई जिम्मेवार बन्न ट्रेड युनियनको आग्रह


९ कार्तिक २०७८, मंगलबार


काठमाडौँ । सर्वोच्च अदालतको आधिकारिक ट्रेड युनियनले अदालतभित्र देखिएका विकृतिको अन्त्य गर्ने सम्बन्धमा जिम्मेवार बन्न प्रधानन्यायाधीश र न्यायाधीशहरुलाई आग्रह गरेको छ ।

विकृति र विसंगतिका कारण न्यायालय संकटतर्फ गएको भन्दै ट्रेड युनियनले प्रधानन्यायाधीश र न्यायाधीशलाई जिम्मेवार बन्न आग्रह गरेको हो ।

‘‘।अशोभनीय गतिविधिले न्यायालय थप संकटतर्फ जाने भएको हुँदा अदालतभित्र देखिएका विकृति विसंगतिको अन्त्य गर्ने सम्बन्धमा प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशहरु जिम्मेवार भई गम्भीरतापूर्वक अबिलम्ब समूचित समाधान गर्न जोडदार माग गर्दछौं’ विज्ञप्तिमा भनिएको छ ।

अन्यथा न्यायपालिकाको स्वतन्त्रताको रक्षा एवं सर्वसाधारणको न्याय पाउने अधिकारको संरक्षणका लागि आन्दोलन गर्न बाध्य हुने युनियनको चेतावनी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस