सर्वोच्चमा आज पनि मुद्दाको सुनुवाइ हुन सकेन « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सर्वोच्चमा आज पनि मुद्दाको सुनुवाइ हुन सकेन


९ कार्तिक २०७८, मंगलबार


काठमाडौँ । प्रधानन्यायाधीश र न्यायाधीशहरुबीचको विवादका कारण मंगलबार पनि सर्वोच्च अदालतमा इजलास बस्न सकेन ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मंगलबार ७ वटा संयुक्त र एउटा एकल इजलास तोकेका थिए । तर ती कुनै पनि इजलासमा मुद्दा सुनुवाइ हुन सकेन ।

मंगलबार प्रधानन्यायाधीश जबरासँग भेटेका सर्वोच्च अदालतका न्यायाधीशहरुले उनलाई राजीनामा दिन आग्रह गरेका थिए । तर प्रधानन्यायाधीश जबराले आफूले सडकमा माग गरिएको भरमा राजीनामा नदिने जवाफ दिएका छन् ।

त्यसपछि सर्वोच्चका न्यायाधीशहरु पुनः छलफलमा बसेका थिए । पछिल्लो छलफलले पनि प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्छ भन्ने निश्कर्ष निकालेको बताइएको छ । सर्वोच्चमा मंगलबार प्रधानन्यायाधीशबाहेक १५ न्यायाधीश उपस्थित थिए ।

अब छलफल बुधबार साढे ११ बजे बस्ने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस