‘भूमिहीनको व्यवस्थापन हुन्छ’ : शशी श्रेष्ठ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

‘भूमिहीनको व्यवस्थापन हुन्छ’ : शशी श्रेष्ठ


९ कार्तिक २०७८, मंगलबार


चितवन । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले गरिबी निवारणका लागि मन्त्रालयले योजना बनाइ रहेको जानकारी दिएकी छन् ।

आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले अहिलेसम्म मन्त्रालयमा औपचारिक कार्यक्रम बाहेक केही नभएको जनाउँदै गरिबी निवारणका लागि योजना बनाएर काम गर्ने स्पष्ट पारिन् ।

उनले भनिन् ‘गरिबी निवारणका लागि औपचारिक कार्यक्रम बाहेक केही नभएको रहेछ । अहिले योजना बनाउने काम भइरहेको छ ।’ कर्मचारी गरिबी निवारण कसरी गर्न सकिन्छ भन्ने विषयमा कार्य योजना बनाउने काममा व्यस्त रहेको उनको भनाइ थियो ।

फरक प्रसङ्गमा उनले सुकुम्वासी समस्या समाधानका लागि संविधान अनुरुप गरिने जानकारी दिइन् । उनले भनिन् ‘जनताले संविधान प्रदत्त अधिकार प्रयोग गर्न पाउनु पर्छ ।’ लामो समयदेखि सुकुम्वासी समस्या रहेको जनाउँदै उनले भूमिहीन जनताको छिटो व्यवस्थापन हुन्छ ।

उनले भनिन् ‘भूमिहीन जनताले संविधानले दिएको अधिकार उपभोग गर्न पाउँछन् ।’ अघिल्लो आयोगले गरेका राम्रा कामको स्वामित्व लिदैं जनताका पक्षमा काम गर्ने उनको भनाइ थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस