नेपाल पुनर्बिमा कम्पनीको अध्यक्षमा डा. घिमिरे « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नेपाल पुनर्बिमा कम्पनीको अध्यक्षमा डा. घिमिरे


८ कार्तिक २०७८, सोमबार


काठमाडौँ । सरकारी स्वामित्वको नेपाल पुनर्बिमा कम्पनीको अध्यक्षमा डा. रवीन्द्र घिमिरे नियुक्त भएका छन् ।  

आज(सोमबार) सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले घिमिरेलाई चार वर्षका लागि अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । 

पोखरा विश्वविद्यालय स्कुल अफ बिजनेसका प्राध्यापक घिमिरे यसअघि बिमा समितिको अध्यक्ष दौडमा समेत रहेका थिए । बिमा विषयमै विद्यावारिधि गरेका घिमिरे बिमाबारे जानकार मानिन्छन् । 

त्यसैगरी कम्पनीको सञ्चालकमा मदन पोखरेल नियुक्त भएका छन् । उनी मिनभवन क्याम्पसमा अध्यापन गराइरहेका थिए । 

Tags :
प्रतिक्रिया दिनुहोस