स्थानीय तहको निर्वाचन चैत ५ गतेभित्र गरिसक्न निर्वाचन आयोगकाे अनुरोध « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

स्थानीय तहको निर्वाचन चैत ५ गतेभित्र गरिसक्न निर्वाचन आयोगकाे अनुरोध


८ कार्तिक २०७८, सोमबार


काठमाडौँ । निर्वाचन आयोगका पदाधिकारीहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई स्थानीय तहको निर्वाचन आगामी चैत ५ गतेभित्र गरिसक्नुपर्ने बताएका छन् ।

सोमबार प्रधानमन्त्री र केही मन्त्रीहरुसँग भएको छलफलमा आयोगका पदाधिकारीहरुले पहिले स्थानीय तहको निर्वाचन गर्नुपर्नेमा जोड दिएका हुन् ।

प्रदेशसभा र प्रतिनिधिसभाको अवधि भने १४ महिना बाँकी छ । आयोगका पदाधिकारीहरुले प्रदेश र प्रतिनिधिसभाको निर्वाचन पनि देशभर एकै पटक गर्न सकिने बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस