सरकारले राष्ट्रियसभा सदस्यको निर्वाचन मिति छिट्टै तोक्ने « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सरकारले राष्ट्रियसभा सदस्यको निर्वाचन मिति छिट्टै तोक्ने


८ कार्तिक २०७८, सोमबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभा सदस्यको निर्वाचन मिति सरकारले छिट्टै तोक्ने बताएका छन् ।

सोमबार निर्वाचन आयोगका पदाधिकारीसँगको भेटमा उनले प्रतिनिधिसभा र प्रदेशसकाको रिक्त सदस्य चयनका लागि उपनर्वाचनबारे सत्ता साझेदार दलहरुसँग छलफल गरी निश्कर्षमा पुग्ने बताएका हुन् ।

राष्ट्रियसभाका एक तिहाइ सदस्यको पदावधि आगामी फागुन २१ गते पूरा हुँदैछ । प्रधानमन्त्री र आयोग पदाधिकारीको भेटका क्रममा राष्ट्रियसभा सदस्य निर्वाचन, प्रतिनिधिसभा, प्रदेशसभाको उपनिर्वाचनबारे छलफल भएको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस