प्रधानन्यायाधीश जबरालाई बारका पदाधिकारीले भेट्दै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रधानन्यायाधीश जबरालाई बारका पदाधिकारीले भेट्दै


७ कार्तिक २०७८, आइतबार


काठमाडौँ । नेपाल बार एसोसिएसनका पदाधिकारीले आज (आइतबार) प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई भेटेर छलफल गर्दै छन्।

बारको कात्तिक ५ गते बसेको कार्यसमिति बैठकको निर्णयबमोजिम भेटघाट हुन लागेको हो ।

पछिल्लो समय जबरा कार्यकारीसँग संवैधानिक नियुक्ति र मन्त्रिपरिषद्‌मा भागबन्डा लिएको, न्यायालय सुधार अभियानमा अवरोध सिर्जना गरेको, आफ्ना स्वार्थ बाझिने मुद्दाको सुनुवाइबाट अलग हुन अस्वीकार गरेको तथा तिनको सुनुवाइ अनिश्चित बनाएको जस्ता विवादास्पद क्रियाकलापका कारण आलोचना भोगिरहेका छन् ।

बार बैठकले यिनै विषयमा जबरालाई भेटेर छलफल गर्ने निर्णय गरेको थियो ।

सोही निर्णयबमोजिम आइतबार बिहान ११ बजे आफूहरूले प्रधानन्यायाधीशलाई भेटेर छलफल गर्न लागेको बारकी उपाध्यक्ष रक्षा बस्यालले जानकारी दिइन्।

Tags :
प्रतिक्रिया दिनुहोस