आज विश्वासको मत लिँदै प्रदेश १ का मुख्यमन्त्री आचार्य « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आज विश्वासको मत लिँदै प्रदेश १ का मुख्यमन्त्री आचार्य


७ कार्तिक २०७८, आइतबार


काठमाडौँ । प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यले आज (आइतबार) प्रदेश सभामा विश्वासको मत लिने भएका छन्।

संसदमा आजै मत विभाजन गर्ने तयारी छ।

सभामुख प्रदीपकुमार भण्डारीले गत शुक्रबारको बैठकबाटै मुख्यमन्त्रीको प्रस्तावमाथि आज मध्यान्ह १२ः३० बजे बस्ने बैठकमा छलफल गरी मत विभाजन गर्ने घोषणा गरेका थिए।

नेकपा एमाले संसदीय दलको नेतामा निर्वाचित भए लगतै भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका आचार्यले ५९ दिनपछि विश्वासको मत लिन लागेका हुन्।

मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल एमालेको विभाजनले केन्द्रमा मान्यता पाएको भोलिपल्ट मुख्यमन्त्रीमा नियुक्त हुँदा प्रदेश १ मा एमालेले बहुमत गुमाइसकेको थियो।

प्रदेश सभामा दल विभाजनको औपचारिक जानकारी भदौ २५ गते प्राप्त भएको मितिले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान भए पनि उनले त्यस अवधिमा प्रस्ताव मात्र दर्ता गरेर १२ दिनपछि विश्वासको मत लिन लागेका हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस