बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न प्रधानमन्त्री देउवा आज प्रदेश १ जाँदै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न प्रधानमन्त्री देउवा आज प्रदेश १ जाँदै


७ कार्तिक २०७८, आइतबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा आज (आइतबार) बाढीपहिरोबाट भएको क्षतिको निरीक्षण गर्न प्रदेश १ का विभिन्न जिल्ला जाँदै छन्।

प्रधानमन्त्रीको टोलीमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की‚ ऊर्जा‚ जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल‚ स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री भवानीप्रसाद खापुङ रहने प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले जानकारी दिए।

टोलीले इलाम‚ पाँचथरको विभिन्न ठाउँमा बाढीपहिरोले पारेको क्षतिको हेलिकोप्टरबाट निरीक्षण गर्ने कार्यक्रम रहेको छ। यस्तै‚ इलाम र पाँचथरका प्रमुख जिल्ला अधिकारीबाट जिल्लामा भएको क्षतिबारे जानकारी लिने कार्यक्रम रहेको छ।

यस्तै‚ कोसी नदी तथा चुरे क्षेत्रबाट उत्पत्ति भएका खोलानालाबाट पारेको असरबारे सुनसरीको पकलीस्थित ब्यारेकमा सुनसरीका प्रमुख जिल्ला अधिकारीबाट जानकारी लिने कार्यक्रम रहेको प्रधानमन्त्रीका स्वकीय सचिव देउवाले जानकारी दिए।

Tags :
प्रतिक्रिया दिनुहोस