धादिङमा गुडिरहेको बसमा आगलागी « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

धादिङमा गुडिरहेको बसमा आगलागी


७ कार्तिक २०७८, आइतबार


धादिङ । धादिङमा गुडिरहेको बसमा आगलागी भएको छ ।

सुर्खेतबाट काठमाडौँ तर्फ आउँदै गरेको ना ६ ख १४७१ नम्बरको यात्रु बसमा आज (आइतबार) बिहान दुई बजे पृथ्वी राजमार्ग अन्तर्गत गजुरी गाउँपालिका १ गजुरी बजारमा एक्कासि आगलागी भएको धादिङ प्रहरीले जनाएको छ ।

बसमा पूर्णरुपमा क्षति पुगेको र ३६ जना यात्रु भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

बसमा आगो लाग्नुको कारण थाहा नभए पनि वायरिङमा सट भएर आगो लागेको हुनसक्ने प्रहरीको अनुमान छ ।

इन्जिनबाट धुवाँ निस्किने बित्तिकै बस रोकेर यात्रुहरु बाहिर निकालेका कारण कुनै पनि मानवीय क्षति हुन नपाएको प्रहरीको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस