विपदमा परेकालाई सरकारले राहत दिनुपर्छ : वरिष्ठ नेता पौडेल « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

विपदमा परेकालाई सरकारले राहत दिनुपर्छ : वरिष्ठ नेता पौडेल


७ कार्तिक २०७८, आइतबार


कैलाली । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बाढी, पहिरो प्रभावित जनतालाई सरकारले राहत दिनुपर्ने बताएका छन् ।

उनले विपदमा परेकाका लागि प्याकेज कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए ।

काँग्रेस कैलालीले हिजो (शनिबार) धनगढीमा आयोजना गरेको कार्यकर्ता भेटघाटमा वरिष्ठ नेता पौडेलले किसानलाई बीउविजन, मल, ऋण, क्षतिपूर्ति, भत्केका संरचना निर्माणलगायत सबै किसिमको प्रबन्ध मिलाउन सरकारले दीर्घकालीन र तत्कालीन कार्यक्रम ल्याउनुपर्ने बताए ।

सरकारलाई अझ तदारुकताका साथ राहत कार्यक्रममा जुट्न आग्रह गर्ने उनले बताए । फरक प्रसङ्गमा नेता पौडेलले अझै पनि लोकतन्त्रमाथि सङ्कट नटरेकाले त्यसको रक्षाका लागि काँग्रेसले खबरदारी गर्नुपर्ने बताए ।

उनले भने, ‘काँग्रेस बलियो भयो भने मात्रै नेपालमा लोकतन्त्रको रक्षा हुन्छ र लोकतन्त्रको रक्षा भए मात्रै नेपाल राष्ट्रको स्वाधीनताको रक्षा हुन्छ ।’

वरिष्ठ नेता पौडेलले काँग्रेसको सबलता र सक्षमता नेपालको लोकतन्त्रसँग गाँसिएको उल्लेख गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस