७४ अधिकृतको सरुवा « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

७४ अधिकृतको सरुवा


५ कार्तिक २०७८, शुक्रबार


काठमाडौँ । आन्तरिक राजस्व विभागले ७४ जना अधिकृतको सरुवा गरेको छ । 

विभागले मातहतका ठुला तथा साना कर कार्यालय र राजस्व कार्यालयका अधिकारीहरूको सरुवा गरेको हो।

पछिल्लो समय सरकार परिवर्तन भएसँगै आफू तथा अनुकूलका कर्मचारी मिलाउन ठुलो सङ्ख्यामा सरुवा गरिँदै आएको छ । मन्त्रालयदेखि मातहतका विभाग तथा कार्यालयसम्मै कर्मचारीहरूको सरुवा हुने क्रम जारी छ । 

कतिपय कर्मचारीको सरुवा अवधि पुगेर गरिए पनि अधिकांश कर्मचारीहरू सोर्सफोर्स तथा राजनीतिक आस्थाका आधारमा सरुवा गरिँदै आएको छ । त्यसो त अहिलेको सरकारले मात्रै यो गरेको भने होइन, अघिल्ला सरकारहरूले गरेकै प्रथा तथा परम्परालाई अहिले पनि निरन्तरता दिइएको हो । जुन निजामती प्रशासनका लागि राम्रो नभएको प्रशासनविद्हरू बताउँदै आएका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस