कागजात नपुगेको भन्दै अफगान अधिकारीद्वारा ३२ नेपालीलाई काबुल विमानस्थलमै रोक « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कागजात नपुगेको भन्दै अफगान अधिकारीद्वारा ३२ नेपालीलाई काबुल विमानस्थलमै रोक


५ कार्तिक २०७८, शुक्रबार


काठमाडौँ । अफगान अधिकारीले कागजात नपुगेको भन्दै स्वदेश फर्कन लागेका ३२ जना नेपालीलाई काबुल विमानस्थलमा रोकेका छन् ।

स्वदेश फर्कने भन्दै ३४ नेपाली काबुल एयरपोर्टमा पुगेका थिए तर २ जनालाई मात्र फर्कने अनुमति दिइएको हो । ती दुई जना नेपाली काठमाडौँ आइपुगेका छन् भने बाँकी रहेका ३२ जना नेपाली काबुलमै रोकिएका छन् ।

काबुलस्थित हमिद कारजाइ विमानस्थलमा दिउँसोभर राखेर रोकिएका ती नेपालीलाई त्यहाँस्थित राष्ट्रसङ्घीय कार्यालयको हातामा लगेर राखिएको छ । राष्ट्रसङ्घीय कार्यालयलाई ग्रीनजोन मानिन्छ ।

राष्ट्रसंघलाई सुरक्षागार्ड उपलब्ध गराउने बेलायती कम्पनी आइडीजीले उनीहरुलाई एयरपोर्टबाट फर्काएको हो । स्रोतका अनुसार ती ३४ जना नेपाली पूर्वसैनिकलाई इरानको तेहरान हुँदै काठमाडौँ ल्याउने योजना थियो ।

उनीहरुसहित राष्ट्रसङ्घ कार्यालयमा कार्यरत ८५ जना नेपाली सुरक्षाकर्मीलाई पनि बिदामा काठमाडौँ ल्याउने योजना थियो । उद्धारमा ल्याउन लागिएका नेपालीहरु पाँचदेखि १८ महिनाअघिदेखि बेरोजगार भएकाहरु छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस