कालीगण्डकी करिडोर पहिरोका कारण अवरुद्ध « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कालीगण्डकी करिडोर पहिरोका कारण अवरुद्ध


५ कार्तिक २०७८, शुक्रबार


तम्घास। कालीगण्डकी करिडोर पहिरोका कारण अवरुद्ध भएको छ ।

करिडोरको हर्मिचौर अर्बेनी सडक खण्डको गरगरेमा सडक माथिबाट ठुलो पहिरो सखेपछि सडक अवरुद्ध भएको कालीगण्डकी करिडोर निर्माण कार्यदल नेपाली सेना हर्मिचौरले जनाएको छ ।

अहिले पनि पहिरो खस्ने क्रम जारी रहेकाले पहिरो पन्छाउन समस्या भएको नेपाली सेनाले जनाएको छ । पहिरो खस्ने क्रम रोकिए पछि सडक खुलाउनका लागि डोजर प्रयोग गरिने सेनाले जनाएको छ ।

यता जिल्लाको रिडी रुद्रबेनी सडक खण्ड पहिरोका कारण अवरुद्ध भएको छ ।

रिडी रुद्रबेनी सडक खण्डको साँघुरेमा हिजो (बिहीबार) साँझ सडक माथिबाटै ठुलो पहिरो खसेका कारण सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय रिडीका प्रहरी निरीक्षक सुबराज बमले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस