बागमती प्रदेशसभा बैठकको समय सारियो, एमाले पनि सहभागी हुने « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

बागमती प्रदेशसभा बैठकको समय सारियो, एमाले पनि सहभागी हुने


४ कार्तिक २०७८, बिहिबार


काठमाडौँ । बागमती प्रदेशसभाको पूर्वनिर्धारित बैठकमा नेकपा एमाले सहभागी हुने भएको छ ।

आज (बिहीबार) दिउँसो १ बजेका लागि बोलाइएको बैठक ३ बजे बस्ने गरी सारिएको छ ।

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफलका लागि प्रदेशसभा बैठक आह्वान गरिएको हो ।

हिजो (बुधबार) एमालेले प्रदेशसभा बैठक केही दिन पर सार्न सभामुख सानुकुमार श्रेष्ठलाई पत्रसहित आग्रह गरेको थियो । तर विपक्षी दलहरूको विरोधका कारण सभामुख श्रेष्ठले बैठक निर्धारित मितिमै बस्ने जवाफ दिएपछि एमालेले बैठकमा सहभागी हुने निर्णय गरेको हो ।

नेकपा एमालेका प्रदेशसभा सदस्य अरुण नेपालले आजको बैठकमा एमाले सहभागी हुने बताए । उनले विश्वासको मतसम्बन्धी आवश्यक प्रक्रियाबाट एमाले नभाग्ने प्रस्ट पारे ।

सम्बन्धित समाचार : बागमती प्रदेशसभा बैठक आज बस्दै, एमालेका कारण बैठक अन्योल

Tags :
प्रतिक्रिया दिनुहोस