बागमती प्रदेशसभा बैठक आज बस्दै, एमालेका कारण बैठक अन्योल « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

बागमती प्रदेशसभा बैठक आज बस्दै, एमालेका कारण बैठक अन्योल


४ कार्तिक २०७८, बिहिबार


काठमाडौँ । बागमती प्रदेशसभाको बैठक आज (बिहीबार) बस्दै छ ।

बैठक दिउँसो ४ बजेका लागि बोलाइएको छ। तर, सत्तारूढ नेकपा एमालेले नै बैठकमा उपस्थित हुन नसक्ने भनेपछि अन्योल पैदा भएको छ ।

आजको बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने कार्यसूची थियो ।

गत असोज २४ गतेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेकी थिइन् ।

प्रस्तावमाथि आज बस्ने बैठकमा छलफल र मत विभाजन हुने तय भए पनि एमालेले प्रदेशसभाको बैठक सार्न भन्दै सभामुखलाई पत्र पठाएको छ ।​

Tags :
प्रतिक्रिया दिनुहोस