बाढीपीडित किसानलाई राहत दिन नेकपा एकीकृत समाजवादीको माग « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बाढीपीडित किसानलाई राहत दिन नेकपा एकीकृत समाजवादीको माग


३ कार्तिक २०७८, बुधबार


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले अविरल वर्षाका कारण धान बाली क्षति पुगेको किसानलाई राहत दिन सरकारसँग माग गरेको छ ।

नेकपा एसका प्रवक्ता जगनाथ खतिवडाले वक्तव्य जारी गर्दै धानबाली क्षति पुगेका किसानलाई राहत दिन माग गरेका छन् ।

एकीकृत समाजवादीले अविरल वर्षाका कारण सङ्कटमा परेकाहरुको उद्धारमा परिचालित हुन कार्यकर्ता पङ्क्तिलाई निर्देशन दिएको छ ।

साथै बाढी, पहिरो र सडक दुर्घटनामा परी ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली समेत व्यक्त गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस