बर्दियाको गेरुवा र राजापुर क्षेत्र डुबानमा, किसानलाई राहत दिने घोषणा « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

बर्दियाको गेरुवा र राजापुर क्षेत्र डुबानमा, किसानलाई राहत दिने घोषणा


३ कार्तिक २०७८, बुधबार


बुटवल । तीन दिनको अविरल वर्षाले बर्दिया जिल्लाका राजापुर नगरपालिका र गेरुवा गाउँपालिका बस्ती डुबानमा परेका छन् ।

सो क्षेत्रका १२ सय घर र सयौँ विघामा लगाइएको धानबाली डुबानमा परेको बर्दियाबाट निर्वाचित प्रदेशसभा सदस्य एवम् लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तिलकराम शर्माले जानकारी दिए ।

जिल्लामा डुबानमा परेर भौतिक क्षति भएका परिवार र धान बाली नष्ट भएका किसानको यकिन तथ्याङ्क लिएर तत्काल राहत दिइने प्रवक्ता शर्माले बताए । ‘प्रदेशका अन्य जिल्लामा वर्षाले पुर्‍याएको क्षतिको तथ्याङ्क सङ्कलनको काम भइरहेको छ’ प्रवक्ता शर्माले भने, ‘तथ्याङ्क प्राप्त भएपछि सरकारले राहत घोषणा गर्छ ।’

डुबान र बाढीबाट मानवीय क्षति नभए पनि करोडौँको भौतिक नोक्सानी भएको प्रवक्ता शर्माले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस