बुद्ध र यती एयरलाइन्सद्वारा काठमाडौँ–विराटनगरका सबै उडान रद्ध « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बुद्ध र यती एयरलाइन्सद्वारा काठमाडौँ–विराटनगरका सबै उडान रद्ध


३ कार्तिक २०७८, बुधबार


काठमाडौँ । बुद्ध र यती एयरलाइन्सले काठमाडौँ–विराटनगरका सबै उडान  रद्ध गरेका छन् । उडान रद्ध हुँदा यात्रुहरु समस्यामा परेका छन् ।

वर्षा र बाढीका कारण विराटनगर विमानस्थल जलमग्न छ । केसलीया खोलामा आएको बाढी पसेकाले रनवे, पार्किङ एरिया लगायतका स्थान डुबानमा परेका छन् ।

सम्बन्धित समाचार : खोलाको पानी पसेपछि विराटनगर विमानस्थल जलमग्न, सबै उडान स्थगित

त्यसैले बुद्ध र यती एयरले सूचना जारी गरी काठमाडौँ–विराटनगरका लागि आज निर्धारित सबै उडानहरु  रद्ध गरेको जानकारी दिएका छन् ।

विराटनगर विमानस्थल प्रमुख उत्सव खरेलले वर्षा र बाढीका कारण उडानहरु प्रभावित भएको जानकारी दिएका छन् ।

खराब मौसमका कारण मंगलबार पनि एक सय वटा आन्तरिक उडानहरु  रद्ध भएका थिए ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पूर्वी नेपालमा भारी वर्षाको सम्भावना छ । आइतबारदेखि पश्चिम नेपालमा भारी वर्षा भएको थियो ।

शुक्रबारसम्म देशका विभिन्न स्थानमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस