२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गृहमन्त्री खाँण गृह जिल्लामा

अ+ अ-

लुम्बिनी । गृहमन्त्री बालकृष्ण खाँणले संविधानको रक्षा र जनताको जीउधनको सुरक्षा नै राज्यको पहिलो दायित्व भएको बताएका छन् । गृहमन्त्री भएपछि पहिलोपटक गृहजिल्ला रुपन्देही आएका खाँणले नेपाली कांग्रेस रुपन्देहीले भैरहवामा आयोजना गरेको कार्यक्रममा भने, ‘संविधानको रक्षा र आम मानिसको जीवन रक्षा नै राज्यको पहिलो दायित्व हो ।’

कांग्रेस रुपन्देही सभापति अब्दुल रज्जाकको सभापतित्वमा सम्पन्न बधाई तथा सम्मान कार्यक्रममा गृहमन्त्री खाँणले गठबन्धन दलप्रति सम्मान व्यक्त गर्दै नेपाली कांग्रेसले थप जिम्मेवारीका साथ काम गरिरहेको समेत बताए । उनले सबै दलको एकता र सहकार्यले नै देश विकास हुने पनि बताए ।

गृहमन्त्री खाँणले रुपन्देहीको विकासका लागि वर्तमान सरकारले सार्थक प्रयत्न गरिरहेको पनि बताए। रुपन्देहीको विकास जिल्लावासीका नागरिकका लागि मात्र नभई देशको विकासका लागि आधार तयार गर्ने उनको भनाइ थियो । उनले बेलहिया नाकालाई व्यवस्थित बनाउनका लागि अर्थमन्त्री, योजना आयोगका उपाध्यक्ष, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका पदाधिकारीहरुलाई आफूले आग्रह र छलफल गरेको जानकारी दिए ।

नेपाली कांग्रेसका केन्द्रीय नेतासमेत रहेका गृहमन्त्री खाँणले पार्टीको १४औँ महाधिवेशन सफल पार्नुपर्ने बताए । उनले नेपाली कांग्रेसको काँधमा जिम्मेवारी र चुनौती रहेकाले जिम्मेवारी पूरा गर्न अझ उत्तरदायी र गम्भीर बन्नुपर्ने आवश्यकता औँल्याए ।

गृहमन्त्री खाँणलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली कांग्रेस नेता कार्यकर्ताले स्वागत गरेका थिए । खाँणको स्वागतमा बिहानैदेखि विमानस्थलमा हजारौैँ कांग्रेस नेता कार्यकर्ता जम्मा भए पनि मौसममा आएको फेरबदलीका कारण उनको फ्लाइट ढिला गरी साढे एक बजे मात्रै भैरहवा अवतरण गरेका थिए । यद्यपि उहाँको पूर्वनिर्धारित तालिका बिहान १० बजेको थियो ।

प्रतिक्रिया दिनुहोस