राखेप सदस्य सचिव सिलवाल बर्खास्त « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

राखेप सदस्य सचिव सिलवाल बर्खास्त


१ कार्तिक २०७८, सोमबार


काठमाडौँ । सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेश सिलवाललाई बर्खास्त गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले बर्खास्तीको प्रक्रिया अघि बढाउने अनुमति दिएको स्रोतले जानकारी दियो ।

सिलवाललाई तत्कालीन युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले २३ असारमा राखेपका सदस्य सचिवमा नियुक्त गरेका थिए।

मन्त्रिपरिषद्को आज बसेको बैठकले लोक सेवा आयोग तथा बढुवा समितिको सिफारिसबमोजिम राजपत्राङ्किंत प्रथम श्रेणीका विभिन्न पदहरुमा नियुक्त गर्ने निर्णय पनि गरेको छ

यसका साथै मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा संयुक्त अधिराज्यको ग्लास्गोमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी ‘वल्र्ड लिडर समिट’मा सहभागी हुने प्रतिनिधिमण्डलको गठन गर्ने निर्णय गरेको छ । ग्लास्गोमा यही अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म जलवायु परिवर्तनसम्बन्धी २६औँ सम्मेलन हुँदैछ ।

Tags :
प्रतिक्रिया दिनुहोस