डडेल्धुरामा बस पल्टिँदा १६ जना घाइते « प्रशासन
Logo ९ कार्तिक २०७८, मंगलबार
   

डडेल्धुरामा बस पल्टिँदा १६ जना घाइते


२६ आश्विन २०७८, मंगलबार


डडेल्धुरा । धनगढीबाट बाजुरा जाँदै गरेको ना ७ ख १७४ नंको बस केआईसिंह राजमार्गअन्तर्गत अमरगढी नगरपालिका–१० राईबजार राईबजार नजिकै दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । घाइते हुनेमा छ महिला, दुई बालबालिका र आठ पुरुष छन् ।

बस ब्रेक फेल भएर आज बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए । बसमा ५०–६० यात्रु रहेका र सामान्य घाइतेको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस