‘सहायक सचिव’को प्रावधान गरिँदै « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

‘सहायक सचिव’को प्रावधान गरिँदै


२४ आश्विन २०७८, आइतबार


काठमाडौँ । निजामतीमा ‘सहायक सचिव’को व्यवस्था गरिने भएको छ ।  ‘सङ्घीय निजामती सेवा सम्बन्धी विधेयक’ संसदबाट फिर्ता लिएसँगै सरकारले अध्यादेश ल्याउने तयारी गरिरहँदा सो व्यवस्थाबारे छलफल भएको हो । 

सम्बन्धित समाचार : ‘सङ्घीय निजामती सेवा विधेयक’ फिर्ता लिने सरकारको निर्णय, अध्यादेश ल्याउने तयारी

‘सहसचिवबाट सचिवमा बढुवा भएसँगै सहायक सचिव(विशिष्ट श्रेणी) बनाउने र प्रदेश पठाइने छ’, प्रशासनसँग कुरा गर्दै छलफलमा सहभागी एक अधिकारीले भने, ‘अनि सङ्घमा आउँदा सचिवको दरबन्दीमा आउनेछन् ।’ 

यस विषयमा केही कुराकानी भएको र थप छलफलपछि निर्णयमा पुग्ने ती अधिकारीको भनाई छ ।

यो व्यवस्थाले सचिव पदको गरिमा थप बढोत्तरी हुने पनि उनले बताए ।

अध्यादेशमा समेटिने विषयहरुका बारेमा अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका केही सचिवलगायत टिमहरुले छलफल गरिरहेका छन् । बहसमा आएका विषयवस्तुहरुबारे अध्ययन गरी अध्यादेशमा समेटिने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस