उद्योगमन्त्री गजेन्द्र हमालले बुझाए राजीनामा पत्र « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

उद्योगमन्त्री गजेन्द्र हमालले बुझाए राजीनामा पत्र


२४ आश्विन २०७८, आइतबार


काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप लागेका नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले पदबाट राजीनामा दिएका छन् ।

हमालले केहीबेर अघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर राजीनामा पत्र बुझाएका हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार हमाल राजीनामा पत्र दिएर फर्किएका छन् । सचिवालय स्रोतले भन्यो, उहाँले राजीनामा पत्र बुझाउनु भएको छ ।

विवादमा आएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले पनि हमाललाई राजीनामा दिन भनेका थिए ।

हमाल शुक्रबार मात्रै आपूर्ति मन्त्रीमा नियुक्त भएका थिए ।

सम्बन्धित समाचार : उद्योगमन्त्री गजेन्द्र हमालद्वारा राजीनामा दिने घोषणा

Tags :
प्रतिक्रिया दिनुहोस