उद्योगमन्त्री गजेन्द्र हमालद्वारा राजीनामा दिने घोषणा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

उद्योगमन्त्री गजेन्द्र हमालद्वारा राजीनामा दिने घोषणा


२४ आश्विन २०७८, आइतबार


काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्र हमालले आफूले पदबाट राजीनामा दिन लागेको बताएका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप लागेका नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले आजै प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाउने बताएका हुन् ।

उनले काँग्रेस र आफ्नो बदनामी गरिएको भन्दै राजीनामा दिन लागेको जानकारी दिएका छन् ।

‘म राजीनामा दिने तयारीमा छु, आजै दिन्छु, काँग्रेस र मेरो बदनामी भयो,’ उनले भने, ‘राजीनामा दिन्छु स्वीकृत गर्ने नगर्ने प्रधानमन्त्रीको कुरा हो ।’

Tags :
प्रतिक्रिया दिनुहोस