२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोटीमा बजार अनुगमनः आठ व्यापारीलाई कारबाही

अ+ अ-

डोटी । जिल्लामा म्याद नाघेका अखाद्य वस्तु बिक्री वितरण गर्ने आठ व्यापारीलाई कारबाही गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको नेतृत्वमा बिहीबार यहाँका प्रमुख व्यापारी केन्द्र पिपल्ला, राजपुर तथा दिपायलमा गरिएको संयुक्त बजार अनुगमनका क्रममा बजारमा म्याद नाघेका गैर खाद्यवस्तु बिक्री वितरण गर्ने व्यापारीलाई कारबाही गरिएको हो ।

अनुगमनका क्रममा कारबाहीमा परेका पसलमा घटाल सप्लायर्स, जानकी डेरी एण्ड मिष्ठान भण्डार, देउवा टेडर्स किराना एण्ड तरकारी पसल, राजन किराना पसल पिपल्ला, कलेल टेर्डस एण्ड सप्लायर्स तथा न्यू जोशी खुद्रा पसल राजपुरलगायत छन् । कारबाहीमा परेका पसललाई उपभोक्ता हित संरक्षण ऐनअनुसार कारबाही गरिएको र म्याद नाघेका अखाद्य वस्तु नियन्त्रणका लिएर नष्ट गरिएको संयुक्त बजार अनुगमन समितिका संयोजक तथा सहायक प्रजिअ जोशीले बताए ।

यहाँका १४ पसलमा मात्रै अनुगमन गर्दा यति ठूलो सङ्ख्यामा अखाद्य वस्तु बिक्री वितरण गर्ने गरेको पाइएको हो । अनुगमन टोलीले खाद्यान्न तथा किराना पसल, रेष्टुरेन्ट तथा मासु पसलको समेत अनुगमन गरेको थियो । जिल्लामा चाडपर्वका बेला मात्रै अनुगमन हुने भएकाले पनि यहाँका बजारमा प्रायःजसो अखाद्य वस्तु बिक्री वितरण कार्यले प्रश्रय पाएको दिपायल पिपल्लाका बासिन्दा रामबहादुर विष्टले बताए ।

प्रतिक्रिया दिनुहोस