प्रदेश १ र बागमतीको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने सहमति « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रदेश १ र बागमतीको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने सहमति


२१ आश्विन २०७८, बिहिबार


काठमाडौँ । प्रदेश १ र बागमतीको मुख्यमन्त्री नेकपा एकीकृत समाजवादीले लिने भएको छ ।

सत्तारुढ चार दलका शीर्ष नेताहरुबीच आज (बिहीबार) बालुवाटारमा भएको छलफलमा दुबै प्रदेशको मुख्यमन्त्री एकीकृत समाजवादीले लिने सहमति भएको एक नेताले जानकारी दिए ।

मन्त्रालय बाँडफाँटमा असन्तुष्टि जनाएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश १ र बागमतीमा मुख्यमन्त्री दिने प्रस्ताव गरेका थिए । उक्त प्रस्तावमा गठबन्धनमा रहेका नेपाली कांग्रेस र जनता समाजवादी पार्टी पनि सहमत भएका छन्।

यो सहमतिलाई एकीकृत समाजवादीले स्विकार गरेसँगै प्रदेश १ मा राजेन्द्र राई र बागमतीमा राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने भएको छ।

दुबै प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकार छ । प्रदेश १ मा भीम आचार्य भदौ १० र बागमतीमा अष्टलक्ष्मी शाक्य २ भदौमा मुख्यमन्त्री भएका थिए ।

तर ९ गत भदौमा एमाले विभाजन भएसँगै दुबै मुख्यमन्त्री अल्पमतमा परेका छन् । मुख्यमन्त्री आचार्यले भोलि २२ भदौमा विश्वासको मत लिने प्रस्ताव राख्दैछन् भने शाक्यले २४ असोजमा विश्वासको मत लिने छिन् ।

कांग्रेस, एमाले, माओवादी केन्द्र र जसपाको बहुमत भएकाले दुबै प्रदेशमा नयाँ सरकार बन्ने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस