२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यस्ता छन् प्रदेश नं १ मन्त्रिपरिषद् बैठकको निर्णय

अ+ अ-

मोरङ । प्रदेश नं १ को मन्त्रिपरिषद्को बैठकले प्रदेश निर्वाचन क्षेत्र विशेष कार्यक्रम सञ्चालन नियमावली २०७८ लाई स्वीकृत गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा आज बसेको बैठकले उक्त निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार देवेन्द्र कार्कीले जानकारी दिए । यसैगरी बैठकले प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम सञ्चालन नियमावली २०७८ लाई पनि स्वीकृत गर्ने निर्णय गरेको छ ।

केही स्थानीय तहको वडाको सङ्ख्या र सिमाना हेरफेरसम्बन्धी स्थानीय तहले प्रस्ताव प्रदेशलाई गर्ने र प्रदेशले सङ्घलाई सिफारिस गर्ने संवैधानिक प्रावधानअनुसार सङ्खुवासभाको धर्मदेवी नगरपालिका, इलामको इलाम नगरपालिका, उदयपुरको बेलका नगरपालिका, धनकुटाको महालक्ष्मी गाउँपालिका र खोटाङको जन्तेढुङ्गा गाउँपालिकाले प्रस्ताव गरेअनुसार वडाको सङ्ख्या र सिमाना हेरफेरका लागि सङ्घीय सरकारलाई सिफारिस गर्ने निर्णय गर्नुका साथै ती स्थानीय तहले वडाको सङ्ख्या वृद्धि गर्न सिफारिस गरिएको निर्णय गरेको छ ।

प्रदेशको राजस्वको स्रोत अत्यन्त न्यून भएकाले राजस्व स्रोत पहिचानका लागि पाँच सदस्यीय उच्चस्तरीय राजस्व अनुसन्धान कार्यदल गठन बैठकले गर्नुका साथै कार्यदलले प्रदेशको आन्तरिक राजस्वको स्रोत पहिचान, वृद्धि र सम्भावनाबारे अध्ययन गर्नेछ । बैठकले प्रदेश पर्यटन बोर्ड नियमावली २०७८ लाई स्वीकृत गरी नियमावली स्वीकृत भएपछि सरकारले अब चाँडै प्रदेश पर्यटन बोर्ड गठन गर्नेछ ।

उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालय मातहतमा रहेका छ जना अस्थायी कर्मचारीको असार मसान्तसम्म म्याद थप्ने निर्णय बैठकले गरेको सल्लाहकार कार्कीले जानकारी दिए । बैठकले प्रदेशका १४ वटै जिल्लामा विषयगत कार्यालय स्थापना गर्ने विषयमा मस्यौदा प्राप्त भएको र थप अध्ययन गरी अर्को बैठकले निर्णय गरी कार्यालय स्थापनाको प्रक्रिया सुरु गरिने भएको छ भने १४ जिल्लामा विषयगत कार्यालय स्थापनाको निर्णय यसअघि नै भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस