इथियोपियालाई संयुक्त राष्ट्रसंघका कर्मचारी निकाल्ने अधिकार छैन :महासचिव गुटेर्रेस « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

इथियोपियालाई संयुक्त राष्ट्रसंघका कर्मचारी निकाल्ने अधिकार छैन :महासचिव गुटेर्रेस


२१ आश्विन २०७८, बिहिबार


संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले इथियोपियाले संयुक्त राष्ट्रसंघका कर्मचारीलाई देश निकाला गर्न पाउने अधिकार नरहेको बताएका छन् ।

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठकमा हिजो (बुधबार) उनले सो कुरा बताएका हुन् ।

उनले भनेका थिए– इथियोपियालाई त्यस्तो अधिकार छैन, उसले अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गरेर संयुक्त राष्ट्रसंघका कर्मचारीलाई देश निकाला गरेको छ । इथियोपियाले हालै मात्र एक सूचना जारी गरेर आफ्नो देशबाट संयुक्त राष्ट्रसंघका कर्मचारीले देश छोड्नुपर्ने बताएको थियो ।

इथियोपियाले ७२ घण्टाको समय दिएर देश छोड्न जारी गरेको सूचना कानुन विपरीत रहेको भनी संयुक्त राष्ट्रसंघ र अन्य देशले त्यसको विरोध गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस