नेपाली काँग्रेस मुगुको सभापतिमा ऐनबहादुर शाही निर्वाचित « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नेपाली काँग्रेस मुगुको सभापतिमा ऐनबहादुर शाही निर्वाचित


२१ आश्विन २०७८, बिहिबार


मुगु । नेपाली काँग्रेस मुगुको सभापतिमा ऐनबहादुर शाही निर्वाचित भएका छन् ।

निकटतम प्रतिद्वन्द्वी संस्थापन इतर पक्षका खड्गबहादुर शाहीलाई ५६ मत अन्तरले हराउँदै ऐनबहादुर सभापति पदमा निर्वाचित भएका हुन् । उनले ४ सय ६ मत प्राप्त गरे ।

सभापतिसहित जिल्ला कार्यसमिति र महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि मतदान भएको छ । भदौ १८ गते मतदान गरेर २१ गते मत गणना कार्य सम्पन्न गरिएको निर्वाचन अधिकृत नरेन्द्रबहादुर सिंहले बताए ।

सभापति पदका लागि कूल मत संख्या ७ सय ७२ मध्ये ७ सय ५६ मत सदर भएको र १६ मत बदर भएको थियो ।

जिल्लामा संस्थापन देउवा पक्षले सभापतिसहित २ जना सचिव, १ उपसभापति, १ सह-सचिवसहित १७ जना महाधिवेशन प्रतिनिधि र जिल्ला कार्यसमितिमा बहुमत सदस्य विजयी भए । संस्थापन इतर पक्षमा १ उपसभापति, १ सहसचिव, ७ जना महाधिवेशन प्रतिनिधि विजयी भए ।

सङ्गठन सुदृढीकरण र आउँदो स्थानीय तह, प्रदेश र संसदीय निर्वाचनमा पार्टीलाई जिताउन जोड दिने नव निर्वाचित पार्टी सभापति शाहीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस