वायुसेवा निगमका पूर्व अध्यक्ष चतुर्वेदीको घरको चार तलाबाट खसेर मृत्यु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

वायुसेवा निगमका पूर्व अध्यक्ष चतुर्वेदीको घरको चार तलाबाट खसेर मृत्यु


२१ आश्विन २०७८, बिहिबार


काठमाडौँ । नेपाल वायुसेवा निगमका पूर्व अध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदी मृत फेला परेका छन्।

निर्माणाधीन घरको चौथो तलाबाट खसेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार काठमाडौँ-४ बुलबुलेस्थित निर्माणाधीन घरबाट चतुर्वेदी आज (बिहीबार) बिहान ९ बजे खसेका थिए।

उनले आत्महत्या गरेको हुनसक्ने अनुमान प्रहरीको छ। चतुर्वेदीको बुलबुलेमै घर छ।

‘घरबाट खसेको खबर आएपछि वृत्त गौशालाको टोली घटनास्थलमा पुगेको थियो,’ परिसर प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले भने, ‘पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ।’

घटनाबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त गौशालाका प्रमुख प्रहरी नायब उपरीक्षक केशव भट्टराईले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस