प्रतिस्थापन विधेयकमार्फत लुम्बिनी सरकारले ल्यायो झण्डै ४१ अर्बको बजेट « प्रशासन
Logo १९ मंसिर २०७८, आइतबार
   

प्रतिस्थापन विधेयकमार्फत लुम्बिनी सरकारले ल्यायो झण्डै ४१ अर्बको बजेट


२० आश्विन २०७८, बुधबार


बुटवल । लुम्बिनी प्रदेशसभाको बैठकमा आज प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको बहिष्कारबीच प्रतिस्थापन विधेयक पेश भएको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा सहकारीमन्त्री कृष्णध्वज खड्कालले रु ४० अर्ब ९५ करोड ९७ लाख बराबरको नयाँ बजेट प्रतिस्थापन विधेयकका रूपमा प्रस्तुत गरेका हुन् ।

कूल बजेटमध्ये चालु खर्चतर्फ रु १३ अर्ब ६४ करोड ५७ लाख १० हजार र पूँजीगत खर्चतर्फ रु २२ करोड ४७ करोड १५ लाख रहेको छ । प्रतिशतका आधारमा कूल बजेटको ३३।३१ प्रतिशत चालु खर्चतर्फ र ५४।८७ प्रतिशत पूँजीगत खर्चतर्फ हुन आउँछ । त्यसबाहेक ११।८२ प्रतिशतअर्थात् रु चार अर्ब ८४ करोड २३ लाख स्थानीय तहमा वित्तीय हस्तान्तरणका लागि विनियोजन गरिएको छ ।

पार्टीले कारबाही गरेका सांसदद्वय विमला वली र अजय शाहीलाई सभामुखले पदमुक्त नगर्दासम्म सदन चल्न नदिने अडान प्रतिपक्षी दल नेकपा एमालेले लिएको छ । यसअघि भएको बैठकमा नेकपा एमालेले नाराबाजी गरेको थियो । नाराबाजीका बीच एउटा विधेयक पारित भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस