धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना बर्खास्त « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना बर्खास्त


१९ आश्विन २०७८, मंगलबार


काठमाडौँ । सरकारले धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई बर्खास्त गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सर्वोत्तम सिमेन्टको सेयर कारोबार प्रकरणमा मुछिएका ढुंगानालाई बर्खास्त गर्ने निर्णय गरेको हो ।

अर्थमन्त्रालयले यसअघि नै निलम्बन गरेका उनलाई असोज ११ गतेको मन्त्रिपरिषद् बैठकले स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै सरकारले आज उनलाई बर्खास्त गरेको हो ।

‘बुक बिल्डिङ’मार्फत सर्वसाधारणलाई साधारण सेयर बिक्री खुलाउने तयारीमा रहेको सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएका ढुंगाना बोर्डको अध्यक्षमा रहँदा छोरी रेबिका ढुंगानाको नाममा उक्त कम्पनीको सेयर खरिद गरेको तथ्य बाहिरिएको थियो ।

उनीसहित सर्वोत्तम सेयर खरिद प्रकरणमा नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का तत्कालिन प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदसमेत मुछिएपनि उनले पदबाट राजीनामा दिएकोमा ढुंगानाले आनाकानी गर्दै आएपछि सरकारले नै हटाउनु परेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस