संवैधानिक व्यवस्था अनुसार सरकार गठन भएको हो : राजमो अध्यक्ष केसी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

संवैधानिक व्यवस्था अनुसार सरकार गठन भएको हो : राजमो अध्यक्ष केसी


१५ आश्विन २०७८, शुक्रबार


बलेवा । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले ठुला राजनीतिक दलले राजनीतिलाई व्यापार बनाएको आरोप लगाएका छन्।

उनले भने’ व्यवस्था परिवर्तन भए पनि ठुला दलको प्रवृत्ति सुध्रिएन । प्रवृत्ति नसुध्रिएका कारण राष्ट्रियता र गणतन्त्र धरापमा परेको छ । ‘

प्रगतिशील पत्रकार सङ्घ बागलुङद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले भने, ‘दलका रिसले राजतन्त्र मागिरहेका छन्, हामीले सङ्घर्ष गरी ल्याएका गणतन्त्रमा कसरी धावा बोलिँदै छ ।’

दलहरु सत्ता बाहिर रहँदा राष्ट्रियता र गणतन्त्रको पहरेदार बन्ने र सत्तामा पुगेपछि आफू र आफ्नामा केन्द्रित हुँदा अहिलेको अवस्था आएको उनले बताए ।

अध्यक्ष केसीले भने, ‘संवैधानिक व्यवस्था अनुसार नै अहिलेको सरकार बनेको हो । सरकारले ल्याएको अध्यादेश बाध्यताको उपज हो ।’

अहिलेका पाँच दलीय गठबन्धन परिस्थितिको उपज भएको जनाउँदै उनले गठबन्धन टिक्ने वा टुक्रिने परिस्थितिले नै निर्धारण गर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस