२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वैदेशिक रोजगारीमा सुदूरपश्चिम र कर्णालीको अवस्था कमजोर : अधिकांशको गन्तव्य भारत

अ+ अ-

सुर्खेत। वैदेशिक रोजगारीमा सुदूरपश्चिम र कर्णाली प्रदेशको अवस्था ज्यादै कमजोर देखिएका छन् ।

प्रदेशगत आधारमा वैदेशिक रोजगारीबारे गरिएको एक अध्ययनअनुसार नेपालको कुल वैदेशिक रोजगारीमा सुदूरपश्चिमको प्रतिशत २.६ प्रतिशत र कर्णालीको ३.२ प्रतिशत रहेको छ । प्रदेश १ र प्रदेश २ बाट भने क्रमशः २४.४ प्रतिशत र २४.२ प्रतिशत रहेको छ ।

सेन्टर फर माइग्रेस एन्ड इन्टरनेसनल रिलेसन्सले गरेको अध्ययनअनुसार तेस्रो मुलुकमा वैदेशिक रोजगारीका लागि गएकामा बागमती, गण्डकी र लुम्बिनीका क्रमशः १५ प्रतिशत, १३ प्रतिशत र १६ प्रतिशत रहेका छन् ।

सुर्खेतमा एक कार्यक्रम गरी संस्थाले सार्वजनिक गरेको प्रतिवेदनअनुसार कर्णालीबाट धेरैजसो भारतमा रोजगारका लागि जाने गरेको देखाएको छ । भारतमा मात्रै करिब ७० प्रतिशत रोजगारीमा रहेको पाइएको छ ।

अध्ययनमा संलग्न विभूति किरण घिमिरेले कर्णालीबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या न्यून रहेको पाइएको बताए । भारतसँग खुला सिमाना, भिसाको आवश्यकता नपर्ने, आउन जान सहज हुने कारणले कर्णालीका ७० प्रतिशत र सुदूरपश्चिमका ९० प्रतिशत भारत जाने गरेको उनको भनाइ छ ।

कर्णालीमा ठुला उद्योग कलकारखाना नभएकाले भारततिर रोजगारी खोज्न जाने गरेको पाइएको उनले बताए । उनले श्रम स्वीकृति लिएर जानेहरू ३.२ प्रतिशत रहे पनि लुकीछिपी जाने पनि हुनसक्ने उल्लेख गरे ।

भारतमा जानेहरू पनि धेरैजसो उत्तराखण्ड, काश्मीर, जम्बुलगायतका ठाउँमा जाने गरेका छन् । श्रम स्वीकृति लिनेमा धेरैजसो सुर्खेत र सल्यानका रहेका छन् ।

कर्णाली प्रदेशका हुम्ला, डोल्पाका बासिन्दा रोजगारीका लागि उत्तरी चीनतर्फ, जुम्ला, मुगु, कालीकोटका बासिन्दा खुद्रा तथा सडक व्यापार गर्न भारततर्फ, सुर्खेत, दैलेख, जाजरकोट र रुकुम पश्चिमका बासिन्दा शुद्ध भारततर्फ र सल्यानका केही भारत र युरोपतर्फ जाने गरेको पाइएको छ । कर्णालीबाट रोजगारीका लागि जानेमध्ये करिब ६० प्रतिशत अदक्ष कामदारका रूपमा जाने गरेको अध्ययनमा जनाइएको छ ।

तेस्रो मुलुकमा गएका पनि धेरैजसो खाडी मुलुकमा जाने गरेका छन् । अध्ययनकर्ता घिमिरेले नेपालको वैदेशिक रोजगारसम्बन्धी नीतिगत खाकाले भारततर्फ हुने श्रम आप्रवासनलाई नियमन नगर्ने हुँदा भारतमा रोजगारी सहज भए पनि जोखिमपूर्ण रहेको बताए। उनका अनुसार कर्णालीबाट युरोप, अमेरिका जानेको सङ्ख्या नगण्य रहेको छ । भारत गएकाहरूलाई पनि कोभिडले गर्दा नराम्ररी प्रभावित बनाएको पाइएको उनले जनाए ।

श्रम तथा रोजगार कार्यालय सुर्खेतका सूचना अधिकारी निर्मला रेग्मीले कर्णालीबाट धेरैजसो युवा मजदुरीका लागि भारत नै बढी जाने गरेको बताइन्। उनले दुबई, कतार, साउदी, बहराइन र मालदिभ्सजस्ता देशमा यहाँबाट बढी जाने गरेको पाइएको उल्लेख गरिन् । सुर्खेतस्थित कार्यालयले पुनः श्रम स्वीकृति मात्रै दिने हुँदा निकै कम मात्रमा पुनः स्वीकृतिका लागि आउने गरेको उनको भनाइ छ ।

कार्यालयमा सुर्खेत, दैलेख र सल्यानका बढी आउने गरेको, जुम्ला, कालीकोटबाट कम र जाजरकोट, रुकुम क्षेत्रबाट आउँदै नआउने गरेको जानकारी उनले दिइन्। भारततर्फ जोखिमयुक्त रोजगारी गर्न जानेलाई स्थानीय, प्रदेश र सङ्घीय सरकारले विभिन्न रोजगारीका कार्यक्रम ल्याएर स्वदेशमै राख्न सकिने उनको भनाइ छ ।

पार्टनरसिप इम्पावरमेन्ट सेन्टर नेपालका अध्यक्ष वसन्त विश्वकर्माले कर्णालीबाट धेरैजसो युवा कामको खोजीमा भारत जान लागेपछि प्रदेश सरकारलाई रोजगारमूलक कार्यक्रम ल्याउन ज्ञापन पत्र बुझाएको बताए । उनका अनुसार वैदेशिक रोजगारमा जानेमा धेरैजसो दलित समुदायका छन् ।