माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित


१२ आश्विन २०७८, मंगलबार


काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक स्थगित भएको छ ।

आज (मंगलबार) दिउँसो ३ बजेका लागि बोलाइएको बैठक सारिएको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए । उनका अनुसार बैठक भोलि (बुधबार) बिहान ११ बजे बस्नेछ ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यव्यस्थतका कारण बैठक सारिएको उनले बताए ।

आज बोलाइएको बैठकमा विभिन्न सम्मेलनको मिति टुङ्ग्याउने, सल्लाहकार, ज्येष्ठ कम्युनिस्ट मञ्च, आयोगहरुको फर्मेसन गर्ने एजेन्डा थियो ।

राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज भएसँगै सरकारमा जाने मन्त्रीका विषयमा टुङ्गो लगाउन बैठक सारिएको हुन सक्ने एक नेताले बताए । उनका अनुसार मन्त्री छान्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिइएको छ ।

सम्बन्धित समाचार : माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै

Tags :
प्रतिक्रिया दिनुहोस