माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै


१२ आश्विन २०७८, मंगलबार


काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज (मंगलबार) पनि बस्दै छ ।

बैठक मंगलबार दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने जनाइएको छ।

अध्यक्ष प्रचण्डको सचिवालयका अनुसार बैठकमा महाधिवेशन केन्द्रित विषयमा नै छलफल गरिने बताइएको छ।

हिजो (सोमबार) को बैठकले महाधिवेशन केन्द्रित केही क्रियाकलापको कार्यतालिका हेरफेर गर्ने निर्णय गरेको थियो। मंगलबार त्यही हेरफेर गरिएको समयमा गर्नुपर्ने सांगठानिक कामबारे छलफल हुनेछ।

सदस्यता नवीकरण गर्ने मितिलाई असोज मसान्तसम्म समय थप गर्ने वडा भेलाको बैठक कात्तिक १३ गते गर्ने र मङ्सिर ४ गते स्थानीय तह स्तरीय भेला गर्ने निर्णय गरेको थियो।

माओवादी केन्द्रले आफ्नो राष्ट्रिय सम्मेलन पुस ११ गतेदेखि १३ गतेसम्म गर्ने निर्णय भने यथावत् राखेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस