खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको महानिर्देशकमा वैद्य « प्रशासन
Logo २ कार्तिक २०७८, मंगलबार
   

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको महानिर्देशकमा वैद्य


११ आश्विन २०७८, सोमबार


काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको महानिर्देशकमा मतिना वैद्य नियुक्त भएकी छिन् ।

प्रधानमन्त्री एवं कृषि तथा पशुपन्छी विकास मन्त्री शेरबहादुर देउवाले मन्त्रीस्तरीय निर्णय गर्दै शुक्रवार वैद्यलाई महानिर्देशकमा पठाएका हुन् । यससँगै तत्कालीन महानिर्देशक उपेन्द्र रायलाई मन्त्रालय तानिएको छ ।

दुग्ध विकास संस्थान(डीडीसी) को म्याद सकिएको बटर काण्डदेखि विभागमा असोज १ गतेदेखि गर्ने भनिएको विषादी जाँच गर्न नसकेको, युनिलिभरको म्याद सकिएको चिया पत्तिको विषयमा उठीरहेको विबादलगायत बारे मन्त्रालयमा कुरा पुगेपछि उनलाई मन्त्रालयमा तानेर नयाँ महानिर्देशक पठाएको मन्त्रालय स्रोतले जनाएको छ ।

विभागको काम भन्दा बाहिरको काममा बढी इन्ट्रेस्ट देखाएको र सेटिङमा कर्मचारी चलाउन खोजेको सङ्केत पछि केही समय अघि उनले सहमतिका लागि पठाएको कर्मचारी सरुवाको फाइलसमेत मन्त्रालयमा रोकिएको ती स्रोतले जनाए ।

Tags :
प्रतिक्रिया दिनुहोस