दल विभाजन अध्यादेश फिर्ता लिएर मन्त्रिपरिषद् विस्तार गर्ने सहमति « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

दल विभाजन अध्यादेश फिर्ता लिएर मन्त्रिपरिषद् विस्तार गर्ने सहमति


११ आश्विन २०७८, सोमबार


काठमाडौँ । सत्तारुढ गठबन्धन दलहरुबीच विपक्षी दल विभाजन गर्न ल्याइएको अध्यादेशले गठबन्धनभित्रकै दल विभाजित हुने निश्चितजस्तै भएपछि अध्यादेश खारेज गरेर मात्र मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको छ ।

अध्यादेश फिर्ता नलिँदा जनता समाजवादी पार्टी फेरि विभाजित हुने खतरा देखिएपछि अध्यादेश फिर्ता लिने सहमति बनेको हो ।

त्यसका लागि संसद्को चालु अधिवेशन अन्त्य गर्नुपर्ने भएकाले आज (सोमबार) रातिसम्ममा अधिवेशन अन्त्य गर्ने सम्भावना पनि बढेको छ ।

प्रतिनिधिसभा र राष्ट्रिय सभाका आज बस्ने बैठकबाट बजेट सम्बन्धी विधेयकहरु सबै पारित गर्ने र अधिवेशन अन्त्य गर्ने सहमति भएको बुझिएको छ ।

सत्ता गठबन्धनको हिजो (आइतबार) बसेको बैठकले सरकारलाई पूर्णता दिने जिम्मा शीर्ष नेताहरुलाई दिएको थियो ।

गठबन्धन दलहरुबीच कुरा नमिल्दा शेरबहादुर देउवा प्रधानमन्त्री बनेको साढे दुई महिना बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस