काठमाडौँ महानगर भित्रका विद्यालय आजदेखि सञ्चालन हुँदै « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

काठमाडौँ महानगर भित्रका विद्यालय आजदेखि सञ्चालन हुँदै


१० आश्विन २०७८, आइतबार


School

काठमाडौँ । कोरोना महामारीसँगै वैशाखको दोस्रो साता बन्द भएका काठमाडौँ महानगरपालिका भित्रका विद्यालय आज(आइतबार)देखि सञ्चालनमा आउने भएका छन् ।

काठमाडौँ महानगरपालिकाले आवश्यक मापदण्ड पालना गराएर विद्यालय सञ्चालनमा ल्याउन सकिने निर्णय गरेपछि यहाँका विद्यालय सञ्चालन हुने भएका हुन् ।

दसैँको मुखमा विद्यालय सञ्चालन गर्ने महानगरपालिकाको निर्णयले भने अभिभावक अन्योलमा परेका छन् । काठमाडौँ वसन्तपुर निवासी यशोदा थापा भन्छिन्, ‘कोरोनाको डर कायमै छ, दसैँ आइसक्यो, खोप लगाएको छैन, यो हप्ता मात्रै विद्यालय पठाएर के गर्नु ?’

तर, महानगरपालिकाको विद्यालय सञ्चालन गर्ने निर्णय बाध्यकारी भने छैन । सञ्चालन गर्न चाहने विद्यालयलाई स्वास्थ्य मापदण्ड पूरा गरी सञ्चालन गर्न सकिने निर्णय महानगरपालिकाले गरेको छ । त्यसो त काठमाडौँ उपत्यकामा यसअघि पनि केही विद्यालय सञ्चालन भइरहेका छन् ।

महानगरपालिकाले यही असोज १० गते आइतबारदेखि भौतिकरूपमा नै विद्यालय खोल्ने निर्णय बिहीबार गरेको थियो । सरकारले १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकाका लागि फाइजर र मोडर्ना नामक कोरोना भाइरसविरुद्धको खोप दिने तयारी गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस