प्रधानसेनापति शर्मा र चिनियाँ राजदूत यान्छीबीच शिष्टाचार भेट « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रधानसेनापति शर्मा र चिनियाँ राजदूत यान्छीबीच शिष्टाचार भेट


६ आश्विन २०७८, बुधबार


काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच शिष्टाचार भेटवार्ता भएको छ ।

नेपाली सेनाको प्रधान कार्यालय जंगी अड्डामा आज (बुधबार) प्रधानसेनापति शर्मा र चिनियाँ राजदूत यान्छीबीच भेट भएको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

प्रधानसेनापति शर्मा र राजदूत यान्छीको भेटमा दुई देशको आपसी हितबारे छलफल भएको निर्देशनालयले जनाएको छ ।

प्रधानसेनापतिमा शर्मा भदौ २४ गते नियुक्त भएका थिए । प्रधानसेनापति नियुक्त भएपछि चिनियाँ राजदूत यान्छीले पहिलोपटक शर्मासँग भेट गरेकी हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस